Wel Come Guest!

Prabash Global

मनमनै मन पराएँ को शुभ मुर्हुत

Unverified User

The authenticity of this news has not been or could not be verified by the site.

A shot by Actor raj tiimilsina and actress Richa Singh in the program of Man manai man paraye
Related Stories
  • No Related News

२०६६ चैत १० काठमाडौ

हेटौडाका संचारकर्मी मणिराज गौतमले निर्माण गर्न लागेको पहिलो नेपाली चलचित्र मनमनै मन पराएँ को आज शुभ मुर्हुत गरिएको छ। कमलादी गणेशस्थान मन्दिरमा बिहान ९ बजे भएको मुर्हुत कार्यक्रममा निर्माता शुसिल पोख्रेलले नरिवल फुटाएका थिए भने रमेशजगं रायमाझीले क्याल्प दिएका थिए।

कार्यक्रममा बिकाश आर्चायले क्यामरा सुईच अन गरेका थिए भने मुहुर्त शटको निर्देशन चर्चित निर्देशक शिब रेग्मीले गर्नु भएको थियो।कार्यक्रममा चलचित्रकर्मी,सचारकर्मी लगाएतका ब्यक्तिहरुको उपस्थीति रहेको थियो। हेटौडाका राजेन्द्र उप्रेतीको निर्देशन रहने मनमनै मन पराएँ मा हेटौडाकै युवा निर्माता रामेश्वर भटराईको प्रमुख लगानी रहेको छ।

मुहुर्त कार्यक्रममा चलचित्रका नायक राज तिमल्सेना,हेटौडाकै नायिका रिचा सिंह ठकुरी तथा अर्का नायक मुकेश ढकालले शट दिनु भएको थियो।

 

मन्तब्य बिनाको छोटो मिठो यो शुभ मुर्हत कार्यक्रमको सबैले प्रसंसा गरेका थिए। पछिल्लो समयमा नेपाली चलचित्र प्रति हेटौडेलीहरुको आकर्षण भैरहेका बेला लामो समय देखी चलचित्र पत्रकारिता गदै आएका निर्माता  गौतमले माया त माया भन्ने चलचित्रमा अभिनय गरीसकेका छन भने निर्माणको हिसाबले उनको यो पहिलो चलचित्र हो। मातृभुमि मुभिज प्रालिको प्रस्तुती रहेको मनमनै मन पराएँ चलचित्र बिशुद्ध प्रेम कथामा आधारीत चलचित्र हो।

 

चलचित्रमा संचारकर्मी गौतम र अर्का निर्माता भटराईको जिबनमा आधारीत कथा हेर्न सकिने निर्माण पक्षले बताएको छ। संचारकै बिषयबस्तु समेटिएको यो चलचित्र शुभ मुहुर्त सगै छायाकनमा गएको छ। काठमान्डौ,हेटौडा,नारयणघाट लगाएका स्थानमा छाँयांकन रहेको मनमनै मन पराएँ को गीत संगीतलाई बसन्त सापकोटाले सगिंत दिएका छन भने चलचित्रमा मिथिला शर्मा,जयकिशन बस्नेत,मुकेश ढकाल,राज तिमिल्सेना,ऋचा सिहं ठकुरी,मन्जु श्रेष्ठ लगाएतका कलाकारहरुको अभिनय हेर्न पाईने छ।

Leave a comment:

Close
Name
Email * *
Address
Address
Verify

Reload Image

*
Comment
 

Recent Video

Comment

This is comment from tamang samaj to content no 16 of test user
This is comment for no 1