चलचित्र नाई नभन्नु लको टाईटल गीत सार्वजनिक
Unverified User
The authenticity of this news has not been or could not be verified by the site.
Nai Nabannu la
Related Stories
No Related News
"नाई नभन्नु ल"को गीत सार्वजनिक
जिवन पराजुली,चैत १७ ,२०६६
रमेशजंग रायमाझिको निर्माण तथा हिमालयन फिल्मस् प्रा. लि. को ब्यानरमा बनेको नेपाली कथानक चलचित्र नाई नभन्नु लको टाईटल गीत सार्वजनिक भएको छ । नेपाली चलचित्रसम्बन्धि सम्पुर्ण जानकारी साथै अन्य मनोरंजनात्मक सामग्रीहरु पाउन सकिने अनलाइन संसार डट कम बाट गीत सार्वजनिक गरिएको हो । जो कसैले पनि यो गीत डाउनलोड गर्न सकिने व्यबस्था गरिएको छ, जसका लागी www.onlinesansar.com/entertainment मा लग अन गर्नु पर्नेछ । डा. कृष्णहरि बरालले लेख्नुभएको यस गीतमा दिपक लिम्बुको स्वर र महेश खड्काको संगीत रहेको छ ।
त्रिकोणात्मक प्रेम कथामा आधारीत नाई नभन्नु लमा रोमान्टिक सामाजिक कथा समेटिएको छ । काठमांडौ, पोखरा, मुडे लगाएतका ठाउँको सिन रहेको यस चलचित्रमा एउटा चलचित्रमा हुनुपर्ने सबै कुरा भएकोले राम्रो भएको र राम्रो चलचित्र हेर्न सबैले मन पराउने भएकोले दर्शकहरु हलसम्म आउनेमा निर्देशक विकाश आचार्य ढुक्क छन् ।
मिथिला शर्मा, जिवन लुईँटेल, सुमन सिंह, मुकेश आचार्य लगाएतका कलाकारहरुको भुमिका रहेको यसै चलचित्र मार्फत नव नायिका ऋचा सिंहले डेब्यु गरेकी छिन् ।
Download Song From here