| Category | People Jokes | Contributer | N/A |
| Rating |
|
Views | 715 |
एउटा जापानि पर्यटक ट्याक्सीमा चडेर एअरपोर्ट लागेछ । बाटोमा एउटा टोयोटा गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । एक छिनमा पजेरो देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । फेरी एक छिन पछी निसान गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । ड्राइभरलाई साह्रै झ्याउ लागेछ । एअरपोर्ट पुगेपछी मिटरमा रु ८०० चढेको देखेर पर्यटक जिल परेछ । अनि सोधेछ, कति महँगो ? नेपाली ड्राइभरले मिटर देखाउदै भनेछ: मेड इन नेपाल्, वेरी फास्ट ।